‘संविधानको उचित कार्यान्वयन हुन नसक्दा प्रदेशलाई अधिकारसम्पन्न बनाउन सकिएन’

जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले संविधानको उचित कार्यान्वयन हुन नसकेको बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले संविधानमा भएका प्रावधानहरूसमेत अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताए। उनले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नसकेको, आर्थिक र वित्तीय प्रणाली पनि संघीय शासन प्रणालीअन्तर्गत हस्तान्तरण गर्न नसकेको र यो दुखद् भएको बताए।

उनले संघको बारेमा उल्टो परिभाषा गरेर प्रदेशलाई कमजोर बनाउन लागिएको बताए। उनले केन्द्रीकृत शासन प्रणाली कहीँ न कहीँ पहिलेकै दिशातिर फर्काउने सोच भइरहेको जस्तो महसुस गरेको बताए। उनले संघीयताको कार्यान्वयन गर्ने प्रतिबद्धता वर्तमान सरकारले पूरा गर्नुपर्ने भन्दै प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने र त्यसका लागि विभिन्न कानून निर्माण गर्न आवश्यक रहेको बताए।

संसदीय दलका नेता यादवले अहिलेसम्म निजामती सेवा ऐन, प्रहरी सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा अड्किएको भन्दै आपत्ति जनाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *