बेलायती राजकुमार ह्यारीको आत्मकथा ‘स्पेयर’ : यी हुन् सनसनीपूर्ण खुलासा

बेलायती राजकुमार ह्यारीको आत्मकथा समेटिएको पुस्तक ‘स्पेयर’ प्रकाशोन्मुख छ । तर, यसका केही अंशसहित थुप्रै भाषमा प्रतिलिपिहरू अहिले सार्वजनिक भएका छन् । बेलायती राजदरबारको धेरै विषयको खुलासा भएका कारण पनि यो पुस्तक अहिले प्रतीक्षित भएका छन् ।

आफ्नो आत्मकथामा ह्यारीले एकपछि अर्को धेरै सनसनीपूर्ण आरोप लगाएका छन्, जुन कुरा अहिले लिक भएपछि मानिसहरु यो पुस्तकको प्रतीक्षामा रहेका हुन् ।

यस पुस्तकमा बेलायतको शाही परिवारभित्र गुनासो र कटुताको उल्लेख छ– उदाहरणका लागि, प्रिन्स ह्यारी र उनको जेठो दाइले आफ्नो बुबालाई क्यामिलासँग विवाह नगर्न भनेका थिए ।

पहिलो पटक खुलासा गरेको द गार्डियनले आफ्नो रिपोर्टमा ह्यारीलाई उनको जेठो भाइ प्रिन्स विलियमले शारीरिक चोट पुर्‍याउने उद्देश्यले आक्रमण गरेको जनाएको छ ।

यद्यपि केन्सिङ्टन र बकिंघम प्यालेस दुवैले यस विषयमा केही भन्न अस्वीकार गरेका छन् । यस पुस्तकमा गरिएका केही दावी र खुलासाहरू यसप्रकार छन् :

राजा चार्ल्सलाई विवाह गर्न निषेध
ह्यारीले आफ्नो बुबालाई क्यामिलासँग विवाह नगर्न भनेका थिए । क्यामिला अहिले रानी कन्सोर्ट हो । प्रिन्स ह्यारीले यस आत्मकथामा दाबी गरेका छन् कि आधिकारिक रूपमा शाही परिवारको सदस्य हुनुअघि आफू र उनका दाइ विलियमले क्यामिलालाई अलग–अलग भेटेका थिए ।

यस पुस्तकमा ह्यारी भन्छन्, ‘क्यामिला एक दिन उनीहरूको खराब सौतेनी आमा बन्ने हो कि भन्ने चिन्ता थियो । तर, यदि राजा चार्ल्सलाई खुशी बनाएमा अरु सबै माफ गर्ने उनीहरूको सोच थियो ।’ यद्यपि क्यामिलासँग उनको भेट कहिले भएको थियो र त्यस समयमा ह्यारीको उमेर कति थियो भन्ने कुरा पुस्तकमा उल्लेख छैन ।

‘शक्ति’ भएको महिलाले के भनिन् ?
ह्यारीले लेखेका छन्, उनकी आमा डायनाको मृत्युपछि दुःखको दिनमा उनले एक महिलालाई भेटे, जसले आफूमा केही ‘शक्ति’ छ भनी दाबी गरेकी थिइन् ।

उनले ह्यारीलाई भनेकी थिइन्, ‘तिम्रो आमाले जुन जीवन बाँच्न सकिनन्, त्यो तिमीले बाँच्दै छौ भनेर भनिरहेकी छन् ।’ डायनाको सन् १९९७ मा पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो । त्यसबेला ह्यारी १२ वर्षका मात्र थिए ।

ह्यारीले आफ्नी आमासँगको छोटो कुराकानीको बारेमा बताएका छन् । त्यसको सम्पादित अंश द गार्डियनले प्रकाशित गरेको छ । आफ्नो संस्मरणमा ह्यारीले भनेका छन् कि उनका बुबाले डायनाको कार दुर्घटना भएको कुरा बताउन उनलाई निद्राबाट ब्युँझाएका थिए ।

पुस्तकमा भनिएको छ, चार्ल्सले ‘सामान्य परिस्थितिमा’ आफ्ना भावनाहरू ठीकसँग देखाउन सक्दैनन् तर ती कठिन परिस्थितिहरूमा पनि उनले ह्यारीलाई अँगालो हालेनन् ।

जब विलियमले आक्रमण गरे
ह्यारीले दाबी गरेका छन् कि उनलाई दाइ विलियमले शारीरिक रूपमा चोट पुग्ने गरी आक्रमण गरेका थिए । जसको क्रममा उनको नेक्लेस पनि टुटेको थियो । यो घटना उनीहरुको लण्डन कटेजमा भएको थियो । जब विलियमले ह्यारीक श्रीमती मेगनको बारेमा टिप्पणी गरेका थिए, त्यसपछि उनीहरूबीच झगडा भएको थियो ।

ह्यारीले १७ वर्षको उमेरमा आफ्नो भर्जिनिटी भंग भएको लेखेका छन् । उनकी महिला साथी उनीभन्दा जेठी थिइन् । यो उनको लागि ‘अपमानजनक’ अनुभव थियो । ती महिलाले उनलाई ‘जवान घोडा’ जस्तै व्यवहार गरिन् ।

ह्यारीले १७ वर्षको उमेरदेखि लागुऔषध लिन थालेका थिए । उनले इटन कलेजमा गाँजा खान थाले । ह्यारी भन्छन् कि उनलाई कसैको घरमा कोकिन खान प्रस्ताव गरिएको थियो । त्यतिबेला उनी १७ वर्षको मात्र थिए । उनले पटकपटक लागुऔषध सेवन गरेको स्वीकार गरेका छन् ।

ह्यारीले इटन कलेजको बाथरुममा एक विद्यार्थीसँग गाँजा सेवन गरेको पनि स्वीकार गरेका छन् । त्यसबेला टेम्स उपत्यकाका प्रहरी अधिकारीहरू उनको अंगरक्षकको रूपमा भवनबाहिर उपस्थित थिए ।

‘टेलिग्राफ’ रिपोर्टमा भनिएको छ कि ह्यारीले २०१६ मा क्यालिफोर्नियाको यात्रामा लागूपदार्थ खाएको पनि उल्लेख गरेका छन् ।

प्रेसको दबाबमा क्यारोलिन फ्ल्याकलाई भेट्न बन्देज
ह्यारीले भनेका छन्, उनी २००९ मा साथीहरूसँग रेस्टुरेन्टमा गए र टिभी प्रस्तोता क्यारोलिन फ्ल्याकलाई भेटे । तर, प्रेसले चाँडै यो पत्ता लगाए र फोटोग्राफरहरूले उनलाई घेरे ।

फ्ल्याकका अभिभावकको घरबाहिर पत्रकारहरूको जमघट सुरु भयो । उनका साथी र हजुरआमाको घरबाहिर पनि जमघट थियो । ह्यारी लेख्छन्, ‘हामीले बेलाबेलामा एकअर्कालाई भेट्यौं तर त्यसपछि खुलेर भेट्न मन लागेन । ’

‘हामीले सम्बन्धलाई निरन्तरता दियौं किनभने हामीले राम्रो समय बिताइरहेका थियौं । हामी ती मिडियाको सामु हार्न चाहँदैनथ्यौं ।’ तर यो सम्बन्ध लामो समय टिक्न सकेन । हामीले निर्णय गर्यौं कि यो सम्बन्धको पीडा र उत्पीडन बोक्नु ठीक होइन । सबैभन्दा धेरै यो उनीहरूको परिवारको लागि महत्त्वपूर्ण थियो । अन्तमा, हामीले यसलाई रोक्यौं ।

२५ तालिबान लडाकु मारिए
ह्यारीले २०१२–१३ मा अफगानिस्तानमा हेलिकप्टर पाइलटको रूपमा छवटा मिशनहरूमा भाग लिए । यी सबैमा केहीको मृत्यु भएको थियो । तर, ह्यारी यसलाई सामान्य मान्छन् ।

ह्यारीले आफ्नो संस्मरणमा लेखेका छन्, ‘मसँग गर्व गर्नसक्ने तथ्यांक छैन । तर त्यहाँ त्यस्तो कुनै तथ्यांक छैन, जसले लाजमर्दो महसुस गराउँछ । मैले ती २५ जनालाई युद्धको गर्मी र अन्योलमा मानिसको रूपमा देखेको छैन । तिनीहरू चेसबोर्डबाट फ्याँकिएका टुक्राहरू थिए । ती खराब मानिसहरू असल मानिसहरूलाई मार्नु अघि नै मारिए ।’

विलियम उत्तराधिकारी र ह्यारी ‘स्पेयर’
यस पुस्तकको शीर्षक ह्यारीको जन्म पछि राजा चाल्र्सको टिप्पणीबाट लिइएको हो । ह्यारीले लेखेका छन्, ‘जब म २० वर्षको थिएँ, त्यतिबेला चार्ल्सले डायनालाई के भनेका थिए भन्ने थाहा भयो । उनले मेरी आमा डायनालाई भनेका थिए राम्रो भयो, तपाईंले मलाई एक उत्तराधिकारी र एक स्पेयर (अतिरिक्त) दिनुभयाे । तपाईंले आफ्नो काम राम्रोसँग गर्नुभयाे ।’ बीबीसी हिन्दीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *