बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्छ : स्वर्णिम वाग्ले

अर्थविद् स्वर्णिम वाग्लेले बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंका बौद्धिक सम्पत्ति संरक्षण समाजले आयोजना गरेको ‘आर्थिक विकास र बौद्धिक सम्पत्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बौद्धिक सम्पत्ति संरक्षणको मुद्दा अमेरिकाले बढी प्राथमिकता दिएर उठाएकाले नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताएका हुन्।

उनले बौद्धिक सम्पत्तिलाई विकसित मुलुकहरूले विश्व व्यापार संगठनको सदस्यमा जबरजस्ती बनाएको बताए। उनले बौद्धिक सम्पत्तिलाई विश्व व्यापार संगठनको सदस्यमा राख्दा इन्फोर्स गर्न सजिलो हुने बताए।

वाग्लेले बौद्धिक सम्पत्तिलाई अमेरिकाले तीव्र रूपमा अगाडि बढाएकोमा पश्चिमा मुलुकहरूले नै आलोचनात्मक टिप्पणी गरिरहेको बताए। उनले अहिले बौद्धिक सम्पत्तिलाई प्राथमिकता दिएर व्यापार, लगानी र बिफा सम्झौता गरिरहेको बताए। उनले व्यापार, लगानी र बिफा सम्झौतामा व्यापार र बौद्धिक सम्पत्ति समावेश गर्न हलिउडको मनोरञ्जन उद्योग, औषधि उद्योग र आईसीटी उद्योगको दबाबले गर्दा व्यावसायिक लभीहरू हाबी हुन पुगेको बताए।

उनले अल्पविकसित देशका लागि तीव्र गतिमा बौद्धिक सम्पत्ति मुद्दा अगाडि आउँदा आवश्यक हुने नहुने सुझबुझपूर्ण निर्णयको आवश्यकता देखिएको बताए। देशमा न्यायाधीश नै किन्न सक्ने अवस्था रहेको भन्दै त्यस्तो देशमा लगानी गर्न कोही पनि नरुचाउने बताए।

उनले बौद्धिक सम्पत्ति मात्रै बनाएर अन्य संरचना पंगु बनाएको देशमा बौद्धिक सम्पत्तिको संरक्षणले प्रभावकारी रूपमा काम नगर्ने बताए। उनले त्यसका लागि लगानी भित्र्याउने र प्रत्याभूति दिने प्रणाली आवश्यक रहेको बताए।

उनले बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला (बीआइटी ) बिफा सम्झौता गर्न खोज्दा गाली गरे पनि देशका लागि अत्यावश्यक रहेको बताए। उनले विश्वमा पहिलो पटक पाकिस्तान र जर्मनीबीच बिफा सम्झौता १९५९ मा भएको बताए। उनले अहिले सबैभन्दा धेरै बिफा सम्झौता गर्ने चीन रहेको बताए। उनले चीनको जति बिफा सम्झौता गर्ने अन्य कुनै पनि विकसित मुलुक नभएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर