वाग्मती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

वाग्मती प्रदेश सभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा भएको निर्वाचनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन्।

राप्रपा महामन्त्रीसमेत रहेका पाठकले ६२ मत पाएका छन्। उनको विपक्षमा ४९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन्।

यसअघि प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारीले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *