राष्ट्रिय सभामा उठ्यो रेशम चौधरीको रिहाइको विषय

नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई तत्काल रिहाइ गर्न सरकारलाई दबाब दिएका छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले टीकापुर घटना राजनीतिक घटना भएकाले पनि रेशम चौधरीलगायतका बन्दीहरूलाई तत्काल रिहाइ गरेर सरकारले न्याय दिनुपर्ने तर्क गरेका हुन्।

उनले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छेहरू मारिए पनि उनीहरूले न्याय पाएको तर टीकापुर घटनामा परेकाहरूले भने न्याय नपाएको भन्दै आक्रोशसमेत व्यक्त गरे।

सांसद देवले संविधानको रक्षा गर्नका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिनुपरेको बताए। उनले संविधानको रक्षा गर्दै सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र जनतामा सेवा प्रवाहको कामलाई सहज बनाउन नसके सरकारलाई दिएको समर्थन आफ्नो पार्टीले फिर्ता लिनसक्ने बताए।

सांसद देवले सरकारलाई भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्न सुझाव दिए। सांसद देवले सरकारले कुनै छिमेकीसँग हौसिने र कुनै छिमेकीसँग आशंका पालेर अघि बढ्ने गर्न नहुने धारणा राखे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *