वाग्मती प्रदेशको उपसभामुखमा एमालेकी अप्सरा चापागाईं निर्वाचित

वाग्मती प्रदेश सभाको उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन्। सोमबार प्रदेश सभा बैठकमा भएको निर्वाचनमा सत्तारूढ गठबन्धनकी उम्मेदवार चापागाईं ६१ मत पाएर निर्वाचित भएकी हुन्।

११० सदस्यीय प्रदेश सभामा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ३९ मत प¥यो भने ७ जना तटस्थ बसे। २ जना भने मतदानमा सहभागी भएनन्।

उपसभामुखमा नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले पनि उम्मेदवारी दिएकी थिइन्। उनको पक्षमा ३ र विपक्षमा ६१ मत प¥यो भने ४४ जना तटस्थ बसे।

उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको थियो। उम्मेदवारी प्रस्तावहरू क्रमैसँग प्रदेश सभामा प्रस्तुत गर्ने क्रममा एमालेकी चापागाईं उपसभामुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसकी उम्मेदवार सुना परियारलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि छलफल नै भएन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर