ईश्वरी न्यौपाने वर्तमान संसद् सम्हाल्न सक्ने व्यक्ति हुनुहुन्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले नेपाली कांग्रेसबाट सभामुख पदको उम्मेदवार बनेकी सांसद ईश्वरी न्यौपाने वर्तमान संसद्को सभामुखका लागि योग्य व्यक्ति भएको बताएका छन्।

बुधबार कांग्रेसबाट प्रतिनिधि सभा सभामुखको उम्मेदवारीका लागि प्रस्तावकको रूपमा संसद् भवन पुगेका महामन्त्री शर्माले अहिलेको संसद्का लागि उम्मेदवार न्यौपाने सबै किसिमबाट योग्य व्यक्ति भएको दाबी गरेका हुन्।

उनले नेपाली कांग्रेसले कुनै बेला अन्य दलका उम्मेदवारहरूलाई पनि सभामुखका लागि मतदान गरेको उल्लेख गर्दै यसपटक कांग्रेसबाट उम्मेदवार बनेकी न्यौपानेलाई अन्य दलहरूले सभामुखमा जिताउनुपर्ने बताए। उनले सभामुखकी उम्मेदवार न्यौपानेमा शालीनता र सक्षमता दुवै भएकाले सभामुखमा जिताउँदा देशले पुनः एकपटक महिला सभामुखका साथै सुसूचित, सक्षम, अनुभवी सभामुख प्राप्त गर्ने बताए।

महामन्त्री शर्माले मन्त्रालयको कुनै पनि भागबण्डामा कांग्रेस सहभागी नबन्ने स्पष्ट पारे। उनले कांग्रेस प्रमुख प्रतिपक्षी भएर जिम्मेवार रूपमा अघि बढ्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *