नवनियुक्त पर्यटन राज्यमन्त्री श्रीपालीले लिइन् शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनलाई प्रधानमन्त्री दाहालले शपथ गराएका हुन्।

मंगलबार राज्यमन्त्री नियुक्त भएकी ठकुरी उपत्यकाबाहिर रहेका कारणे शपथ लिन सकेकी थिइनन्।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *