जसपा चाँडै सरकारमा आउँछ, मन्त्रालय छुट्याएर राखिएको छ : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाबाहिर सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाका लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताएका हुन्। उनले जसपाका केही मागहरू सम्बोधन गर्नुपर्ने माग राखेका छन्, त्यसलाई शीर्ष नेताहरूले बसेर मिलाउने बताए।

उनले वर्तमान गठबन्धन नेपाली कांग्रेस असफल भएपछि एमालेले नेतृत्व गरेर नयाँ समीकरण बनेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *