सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल : प्रकाशशरण महत

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दे उनले यस्तो बाताएका हुन्।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको कुरालाई प्रमुख रूपमा संसद्मा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन सुरु भएको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको पनि बताए।

उनले राष्ट्रपति, उपराष्ट्रपतिको परीक्षणमा उत्तीर्ण हुने कि नहुने भन्नेबारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्ने बताए। नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा. महतले सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *