सशस्त्रको कुरिनटार शिक्षालयस्थित पृथ्वी हाइवे ट्रमा अस्पताललाई सूर्य नेपालको एम्बुलेन्स

सूर्य नेपाल प्रालिले सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

हाल सो ट्रमा अस्पतालमा एम्बुलेन्सको अभाव भएकाले तुरुन्तै घाइते बिरामीहरूलाई उद्धार गर्न कठिनाइ भएकाले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको प्लेटफर्म सूर्य नेपाल आशामार्फत एम्बुलेन्स उपलब्ध गराएको हो। प्राप्त एम्बुलेन्स हाइवेका वरिपरि हुने दुर्घटनामा परेका बिरामीहरूको उद्धारका लागि प्रयोग हुनेछ।

सोमबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख एसएसपी अञ्जनीकुमार पोख्रेललाई कम्पनीका भाइस प्रेसिडेन्ट कर्पोरेट अफैर्स रवि केसीले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख एसएसपी पोख्रेल, सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेन्ट कर्पोरेट अफैर्स केसी , प्रबन्ध निर्देशक रवि के रायवरम, भाइस प्रेसिडेन्ट फाइनेन्स विकास भुत्रा, भाइस प्रेसिडेन्ट मार्केटिङ दीप्रा लेहरीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर