रवि लामिछानेले बुझाए गृहमन्त्री पदबाट प्रधानमन्त्री प्रचण्डलाई राजीनामा

रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन्।

पद खारेज हुने सर्वोच्च अदालतको फैसलासँगै शुक्रबार साँझ बालुवाटार पुगेर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको हाे। सांसदसँगै उनकाे मन्त्री र पार्टी सभापति पद पनि स्वतः खारेज भएकाे छ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *