नैतिक प्रश्नको घेरामा रवि लामिछाने : मन्त्री पद गएको हप्ता पुग्न लाग्दा पनि छाडेनन् क्वार्टर

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलापछि उपप्रधान एवं गृहमन्त्री पद गुमाएको एक साता बित्न लाग्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री क्वार्टर छाडेका छैनन्।

कानूनतः पदमुक्त भएपछि सरकारले दिएको सेवा सुविधा त्याग्नुपर्ने भए पनि लामिछानेले हालसम्म मन्त्री क्वार्टर नछाडेका हुन्।

सर्वोच्चको १३ माघको फैसलापछि उनले सांसद, मन्त्री र पार्टी सभापति गुमाएका थिए। उनी निर्वाचित भएको चितवन क्षेत्र नं. २ मा उपचुनाव हुने भएको छ। तर, सांसद पद नरहँदै उनी पुनः गृहमन्त्रीमा नियुक्तिका लागि जोडबल गरिरहेका छन्। पुनः मन्त्री बन्ने आशमा उनले क्वार्टर नछाडेका हुन्।

मन्त्री बनेको केही दिनमा नै आफ्नो सुरक्षार्थ खटिने अगुवा-पछुवा सुरक्षाकर्मी सुरक्षा हटाएर र पद गएपछि निजी गाडीमा घर फर्किएर चर्चा पाएका लामिछाने पद गुमेपछि पनि क्वार्टर ओगटेर नैतिक प्रश्नको घेरामा परेका छन्।

लामिछाने शुक्रबार नै घर फर्किए पनि उनका सामान भने क्वार्टरमै रहेको बुझिएको छ। पुलचोकस्थित मन्त्री क्वार्टर स्रोतका अनुसार लामिछाने त्यहाँ बस्न नगए पनि आवास भने ओगटेर राखेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *