संसद्लाई गराइयो रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी

प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी गराइएको छ। सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा लामिछानेको सांसद पद रिक्त भएको जानकारी गराएका हुन्।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको हो। लामिछाने गत चुनावमा चितवन–२ बाट निर्वाचित भएका थिए। त्यहाँ उपचुनाव हुनेछ। ६ महिनाभन्दा बढी कार्यकाल रहँदै सांसदको पद रिक्त हुन गए उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ।

सभामुख घिमिरेले संविधानको धारा ८९ बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको जानकारी प्रतिनिधि सभालाई गराएका हुन्। सांसद पद रिक्त रहेको जानकारी प्रतिनिधि सभालाई गराउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावली २०७५ मा पनि छ।

संवैधानिक र कानूननी व्यवस्थाअनुसार सभामुख घिमिरेले लामिछानेको पद रिक्त भएको जानकारी प्रतिनिधि सभालाई गराएका हुन्। गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालिरहेको पनि सभामुख घिमिरेले सुनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *