नेपाल प्रहरीले साहसिक, क्षमता अभिवृद्धी, खेलकुद, सामाजिक कार्य गरेर इन्टरपोलको शताब्दी वर्ष मनाउने

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टपोलको स्थापनाको शताब्दी विशेष कार्यक्रमका साथ मनाउन थालेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबारबाट संचालन भएको ४०औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९ को उद्‍घाटन खेलमा सोही प्रतिष्ठान कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले “इन्टरपोलल सेञ्चुरी अंकित् फुटबल प्रदान गर्दै ईन्टरपोलको १००औँ वर्ष मनाउने कार्यक्रमको विधिवत् रुपमा सुरुवात गरेका हुन् ।

इन्टरपोल स्थापना गरिएको १०० वर्षको यात्रामा यस वर्षलाई विशेष उत्सवको रुपमा मनाउन सदस्य राष्ट्रहरूले विभिन्न कार्यक्रमको आयोजना का लागि इन्टरपोलको महासचिवालयबाट अनुरोध भए अनुसार नेपाल प्रहरीले उक्त प्रतियोगितामा इन्टरपोलको १००औँ वर्ष मनाउने कार्यक्रमको सुरुवात गरेको हो ।

अर्को १०० वर्षमा प्रहरी सामु आउने नयाँ चुनौतिहरुको सामना गरी सुरक्षित संसार निर्माणका लागी इन्टरपोल सदस्यतालाई सशक्त बनाउन र यस शताब्दिको अनुभवलाई निरन्तरता दिन यो वर्ष नेपाल प्रहरीले पनि साहसिक, क्षमता अभिवृद्धी, खेलकुद, सामाजिक तथा अन्य विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउने नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी० ले बताएको छ ।

सन् १९२३ मा अष्ट्रियाको भियनामा १९ राष्ट्रहरुद्वारा अन्तर्राष्ट्रिय रुपमा बढ्दो अपराध नियन्त्रण गर्ने उद्देश्यका साथ विभिन्न देशका प्रहरीहरुबीच समन्वय र सहयोगको लागि तत्काल देखिएको आवश्यक्तालाई मध्यनजर गर्दै इन्टरपोलको स्थापना गरिएको थियो ।

सन् १९६७ मा जापानको क्योटोमा भएको महासभाबाट नेपालले १०० औँ सदस्य राष्ट्रको रुपमा सद्स्यता प्राप्त गरी नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापित नेशनल सेन्ट्रल ब्यूरो ( एनसीबी)ले विभिन्न कानून कार्यान्वयन गर्ने ईकाइहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रहरी समन्वयका लागि कार्य सम्पादन गर्दे आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर