खेलकुदको विकासका लागि स्थानीय सरकारले ५ वर्षे योजना बनाउन जरुरीः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले खेलकुदको विकासका लागि स्थानीय सरकारले आवश्यक पहल गर्नुपर्ने बताएका छन् ।

शनिवार गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव–२०७९, दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय सरकारसँगै राम्रोसँग निजी क्षेत्रले सहयोग र साथ दिएमा खेलकुदको विकास हुन समय नलाग्ने बताए ।

महामन्त्री थापाले नेपालमा खेलकुदमा पनि जीवन छ भनेर भन्न लायक बनाउनुपर्ने बताए । उनले स्थानीय सरकारले आफूले खेलकुदको विकासका लागि ५ वर्षमा गर्नसक्ने योजना बनाएर नै खेलको विकास गर्न जरुरी रहेको बताए । राजनीति पेशा नभइ सेवा भएबाले कसैलाई पनि मानवता ठूलो लाग्ने व्यक्तिले राजनीति गर्नु सबैभन्दा उचित हुने उनले बताए ।

महामन्त्री थापाले आफ्ने खेलाडी बन्ने सपना रहेको सुनाउँदै दशरथ रंगशालामा गोल हानेपछि पहिलो पटक पत्रिकामा आफ्नो नाम छापिएको स्मरण गरे । उनले खेलकुदको माध्यमबाट स्व.कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुको बारेमा नयाँ पुस्तालाई बताउन जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *