नेता र कलाकारहरूबीच मैत्रीपूर्ण फुटबल

केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटनअघि नेता र कलाकारहरू मिलेर फुटबल खेलेका छन् । आयोजक युवा संघको पहलमा कलाकारहरू र राजनीतिक दलका नेताहरूबीच मैत्रपूर्ण फुटबल भएको हो ।

उक्त मैत्रीपूर्ण फुटबलमा नेकपा एमालेका नेताहरू महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत, युवा संघ अध्यक्ष किरण पौडेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै कलाकारको तर्फबाट गायक बद्री पंगेनी, अभिनेता धीरेन शाक्य र हास्य कलाकार जितु नेपाल, सागर लम्साल, कुमार कट्टेल, कलाकार शंकर बिसी, गायिका रचना रिमाल लगायतको उपस्थिति रहेको थियो । युवा संघले फागुन ११ देखि केपी ओली कप राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर