सरकारले संघीयताको मर्मअनुरूप आमसञ्चारसम्बन्धी कानून परिमार्जन गर्दैछ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरूप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताएकी छन्।

आइतबार राष्ट्रिय समाचार समितिको ६२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरूसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरूप स्थानीय तहसम्म नै अनुभूति हुनेगरी कानूनहरूमा संशोधन गरी नयाँ कानून बनाउने तयारी गरेको बताएकी हुन्।

उनले सरकारले आमसञ्चारसँग सम्बन्धित ऐन, कानूनहरूलाई संशोधन, परिमार्जन र आवश्यक नयाँ कानून बनाएर सञ्चार क्षेत्रमा समसामयिक सुधार गर्ने बताइन्। मन्त्री शर्माले समाचार माध्यमहरूका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन्। उनले समितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने बताइन्।

उनले पछिल्लो समय सूचना प्रविधि र रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक समाचार संकलन कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन्। उनले संस्थामा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी आर्थिक रूपमा मितव्ययी बन्ने र भौतिक सम्पत्तिको संरक्षण, संवर्द्धनलाई प्राथमिकता दिएर आम्दानीका अन्य स्रोतहरू खोज्न सुझाव दिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *