ऐनकानून बनाउनेतर्फ संसद्को ध्यान जान सकिरहेको छैन : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संसद्को ध्यान ऐनकानून बनाउनेतर्फ जान नसकेको बताएका छन्।

आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले ऐनकानून बनाउनेतर्फ संसद्को ध्यान जान नसकेको बताएका हुन्।

देशमा धेरै ऐनकानूनहरू बनाउनुपर्ने आवश्यकता भए पनि त्यसो हुन नसकेको उनले बताए। उनले बनेका ऐनहरूको कार्यान्वयनको अवस्थाको सन्दर्भमा निष्पक्ष ढंगले अनुगमन पनि हुन नसकेको बताए।

सरकारले संसद्लाई उचित ढंगले नहेरेको उनको भनाइ छ। सभामुख घिमिरेले कतिपय कुराहरू न्यायपालिकामा गएर पनि काममा अवरोध खडा भएको बताए। उनले कार्यपालिका र व्यवस्थापिकाका बिचमा समन्वय हुनुपर्ने बताए। ऐनकानून कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्ने र कार्यपालिकालाई व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *