उम्मेदवारी दर्तापछि रामचन्द्रले भने- संविधानको अक्षर र भावनालाई अक्षरशः पालना गर्नु मेरो कर्तव्य

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका छन्।

शुक्रबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरशः पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका हुन्।

गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उनले त्यसका निम्ति आफ्नो भूमिका हुने बताए। उनले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने बताए। त्यस्तै राष्ट्रिय एकताको लागि पनि आफ्नो भूमिका हुने उनको भनाइ छ।

उनले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने बताए। वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर