प्रधानमन्त्रीले अन्तिम समयमा रोकिदिए परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तिम समयमा रोकिदिएका छन्।

मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा उनी जेनेभाका लागि जाने तयारी थियो।

दिउँसो साढे तीन बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि उनको भ्रमण रोकिएको हो।

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री जनेभा जाने तयारीमा थिइन् ।

‘बिहानसम्म जाने भनेर तयारी गरेकी थिएँ, साँझ अचानक प्रधानमन्त्रीले खबर पठाएपछि म गइनँ’, उनले  भनिन् ।

यसअघि भ्रमणको तयारीका क्रममा मन्त्री पौडेलले जेनेभा भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताएकी थिइन् । मानव अधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले नेपालको मानव अधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो ।

मन्त्री पौडेल जेनेभाबाट दोहा आउने र त्यहाँ अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि थियो । तर अब उनको भ्रमण नै रोकिएको छ ।

अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड भने शुक्रबार कतार जाने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *