सीसीटीभी फुटेजका आधारमा समातिए पैदलयात्रीलाई ठक्कर दिने टिप्पर चालक

रूपन्देहीमा रातको समयमा महेन्द्र राजमार्गमा हिँडिरहेका पैदयात्रीलाई ठक्कर दिई फरार रहेका टिप्पर चालकलाई प्रहरीले २४ घण्टाभित्र पक्राउ गरेको छ।

फागुन १२ गते राति ११:४५ बजे रूपन्देही जिल्लाको सैनामैना नगरपालिकाको वडा नं. ८ सूर्यनगरस्थित पूर्वपश्विम महेन्द्र राजमार्गमाको छेउमा एक जना पुरुष चोटपटक लागि गम्भिर घाइते भएर लडिरहेको अवस्थामा फेला परेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी पुगी टाउकोमा गहिरो चोट लागी गम्भीर घाइते भएका थिए। नाम थर तत्काल नखुलेका परुषलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि पठाइएको थियो।

एक्लै पैदल हिँडिरहेका पाल्पा जिल्ला रैनादेवी छहरा ८ घर भएका ३१ वर्षिया पुरन पेग्नी मगरलाई ठक्कर दिएको खुले पनि ठक्कर दिने सवारी पत्ता लागिसकेको थिएन। तत्पश्चात इलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी स्थलगत रूपमा खटिई अनुसन्धान गर्दा ६ चक्के टिप्परले ठक्कर दिएको देखिएको हो। पछि थप अनुसन्धानकै क्रममा उक्त टिप्पर पहेलो रंगको भएको र महेन्द्र राजमार्गबाट भित्री सडकखण्डमा गई फरार रहेको विभिन्न सीसीटीभी फुटेजको अनुसन्धानबाट खुलेको हो।

त्यसपछि उक्त टिप्परको खोजी गर्दा अर्को दिन दिउँसो मात्र सैनामैना नगरपालिका ७ आमी भन्ने स्थानमा घर पछाडीको भागमा एउटा पहेँलो टिप्पर फेला पर्छ र फेला परेको टिप्परसँग घटनालाई तुलनात्मक अनुसन्धान गर्दा सोही टिप्परले नै पुरन पेग्मीलाई ठक्कर दिई फरार भएको खुल्छ र तत्काल २३ वर्षिय धनबहादुर थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका टिप्पर चालकलाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखी सवारी अंगभंग मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको र घाइते रहेका पुरन पेग्नी मगरको टाउकोमा गहिरो चोट देखिएको तथा हाल उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा नै राखेर उपचार भइहेहको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर