मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने माओवादी, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको निर्णय

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेका छन्। तीन दलको छुट्टाछुट्टै संसदीय दलको बैठकबाट मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने निर्णय भएको हो।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहले आजैको प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन्।

यसअघि मुख्यमन्त्री शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने माओवादीको प्रदेश कमिटीले बताएको थियो। तर, केन्द्रबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएसँगै संसदीय दलको बैठक राखेर विश्वासको मत दिने निर्णय गरेको हो।

यस्तै एकीकृत समाजवादीले पनि केन्द्रको आठ दलीय गठबन्धनअनुसार नै मत दिने निर्णय गरेको दलका नेता दीर्घ बहादुर सोडारीले जानकारी दिए।

नागरिक उन्मुक्तिको बैठकले पनि विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले जानकारी दिए। यससँगै मुख्यमन्त्री शाहले विश्वासको मत पाउने निश्चित जस्तै बनेकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *