अमेरिकाबाट पठाएको पार्सलभित्र ७ किलो गाँजा, ३ जना पक्राउ

प्रहरीले अमेरिकाबाट नेपाल पठाइएको चिठीपत्रको खामभित्र किरब ७ किलाे गाँजा भेटेको छ। एउटा पार्सलमा साढे ४ किलो र अर्को पार्सलमा २.४ किलो बरामद गरेको नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

२१ फागुनमा अमेरिकाको लस एन्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको चकलेट र बालबालिकाको खेलौना (चकलेट एण्ड चाइल्ड गेम आइटम) उल्लेख गरिएको पार्सलमा साढे ४ किलो गाजा भेटिएको ब्यूरोले जनाएको छ।

उक्त पार्सल बुझ्न आउने भारत गुजरातका ३० वर्षका निमेश अशोकभाइ दयानी र सर्लाहीको हरिहरपुर नगरपालिका–३ का फैज आलम पक्राउ परेका ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

प्रहरीले भारतीय नागरिक निमेशको साथबाट १ लाख ४० हजार भारु र सर्लाहीका फैज आलमको साथबाट ८० हजार रुपैयाँ पनि बरामद गरेको छ।

त्यस्तै अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा पनि प्रहरीले २.४ किलोग्राम गाँजा भेटेको छ। उक्त पार्सल रिसिभ गर्ने व्यक्ति गोरखाको गण्डकी गाउँपालिका–४ का २३ वर्षका रूपक अर्याललाई पक्राउ गरिएको ब्यूरोका एसपी जोशीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर