आज लण्डन जाँदै मेयर बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज लण्डन जाँदै छन्। फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर शाहसहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो।

टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल रहेको मेयरको सचिवालयले जनाएको छ।

मेयर शाहले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोललाई दिएका छ्न्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *