मोरङमा २३४ केजी गाँजासहित ५ जना पक्राउ

मोरङमा अवैध लागुऔषध गाँजासहित ५ जना पक्राउ परेका छन्।

मंगलबार दिउँसो १:३० बजे मोरङको रंगेली नगरपालिका वडा नम्बर २ चेकाखोलास्थित गहुँबारीमा पैदलयात्री भारतको अररिया जिल्ला ठिङ्गापुर पञ्चायत-६, कुवाडीका २९ वर्षीय दीपक झा, भारतको अररिया जिल्ला हाँसा पञ्चायतका ३० वर्षीय सिन्टुककुमार सिंहले ल्याउँदै गरेको अन्दाजी १५० केजी अवैध लागुऔषध गाँजा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिवरियाती मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा रंगेली नगरपालिका वडा नं.-३ रञ्जनीका वीरबहादुर कार्कीको घरमा गाँजा लुकाइछिपाइ राखेको खुल्न आएपछि उनको घर खानतलासी गर्ने क्रममा थप ८४ केजी गाँजा फेला परेको थियो।

गाँजा ओसरपसारमा संलग्न अन्दाजी ४६ वर्षीय वीरबहादुर कार्की, भारतको कुटहराका अन्दाजी २४ वर्षीय प्रवीण पासवान र भारतको कटापुरका अन्दाजी २४ वर्षीय विष्णुकान्त मिश्रलाई समेत प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट २३४ केजी अवैध गाँजा बरामद भएको र मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर