रवि लामिछानेविरुद्ध परेका सबै उजुरी खारेज, उम्मेदवारी यथावत

चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धका सबै उजुरी खारेज भएका छन्।

लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो। यससँगै लामिछानेको उम्मेदवारी कायम भएको छ।

उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको हो। लामिछानेको उम्मेदवारीविरुद्ध ईमेलबाट उजुरी गरेका युवराज पौडेल ‘सफल’को उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिए।

स्रोतका अनुसार तीन उम्मेदवारले लामिछानेविरुद्ध दिएको उजुरी लाग्न सक्ने भए पनि पौडेलले उजुरी नै दिन पाउँदैनन्। त्यसैले पौडेलको उजुरी लाग्ने छैन।

मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरुद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको व्यवस्थाका कारण पौडेलको उजुरी नलाग्ने भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *