राष्ट्रगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताएका छन्।

अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासंघको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा उनले राष्ट्रगानअघि सुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताए।

‘राष्ट्रगानको सुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य शब्दकै धुनबाट हुनपर्छ,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘तर अहिलेको हाम्रो राष्ट्रियगानमा शब्द सुरु हुनुअघि धुन राखिएको छ, त्यो ठीक छैन, त्यसलाई सच्याएर शब्दको धुनबाट सुरु गर्नुपर्छ, त्यो सच्याउन सरकारसँग आग्रह गर्दछु।’

सामाजिक कुरीति र विकृति हटाउन सामाजिक अभियान चलाउनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायका लागि ओबीसी महासंघको अगुवाइमा हुने सामाजिक अभियानमा आफ्नो पार्टीको भरपुर सहयोग रहने बताए।

गरिबी अन्त्य गरी समृद्ध बनाउने आफ्नो पार्टीको लक्ष्य रहेको उनको भनाइ थियो।

वीरगञ्जस्थित टाउन हलमा सुरु भएको ओबीसी महासंघको महाधिवेशन भोलिसम्म चल्ने आयोजकले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर