कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा मृत्यु भएका लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

सरकारले कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

प्रवक्ता शर्माले नामकरणसम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारले सहजीकरण गर्ने निर्णय भएको पनि बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *