नेपाल विश्वविद्यालय विधेयक, २०७९ पारित गर्नुपर्छः शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गर्नुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री राईले विधेयकलाई पारित गर्नुपर्ने बताएका हुन्।

उनले विधेयकबाट सरकार पछि नहट्ने स्पष्ट पारे। नेपाल विश्वविद्यालयलाई छुट्टै इकाइको रुपमा मात्रै नहेरेर समग्र शैक्षिक परिस्थिति र परिवेश मिलाएर अगाडी बढाउनुपर्ने उनको भनाइ छ। आगामी दिनमा कुनै त्रुटि र कमी नहुनेगरी विधेयकलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

मन्त्री राईले नेपाल विश्वविद्यालयलाई नमुना विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी सोच्नुपर्ने बताए। उनले विश्वविद्यालयलाई बनाउने गरी नै विधेयकमा संशोधन दर्ता गर्न सांसदहरुलाई आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *