भारत र नेपाल जोड्ने नयाँ मोटरेबल पुल बनाउँछौं : भारतीय राजदूत श्रीवास्तव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल-भारत सीमामा थप मोटरेबेल पुल बनाइने बताएका छन्।

धनगढीमा आयोजित नेपाल-भारत मानसखण्ड सम्मेलनमा बोल्दै उनले नेपाल-भारत सीमामा केही पुल रहे पनि अरू पुल आवश्यक रहेको भन्दै सो कुरा बताएका हुन्।

‘केही पुल छन् भारत र नेपालबीच। नेपाल सरकासँग मिलेर नयाँ मोटरेबल पुल बनाउने भारत सरकारको कोसिस छ,’ राजदूत श्रीवास्तवले भने।

उनले अघिल्लो वर्ष दार्चुला र धार्चुला जोड्ने पुल शिलान्यस भएको र यो दुई वर्षभित्र बनिसक्ने बताए।

राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको सम्पर्क थप बलियो बनाउनका लागि ‘डिजिटल कनेक्टिभिटी’ आवश्यक रहेको पनि बताए। भारतीय तीर्थयात्रीलाई नेपालका तीर्थस्थलमा थप सहजता दिलाउन डिजिटल गेटवे आवश्यक रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *