दिल्लीस्थित एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ।

उनलाई बुधवार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। उनलाई अहिले एम्समा पुर्‍याएर उपचार सुरु गरिएको हो। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरू र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर