उपनिर्वाचन-२०८०

चितवनमा रवि समर्थकको नाराबाजीपछि तनाव, एक केन्द्रको मतदान स्थगित

चितवन-२ मा एक केन्द्रको मतदान स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेका समर्थकले उनको पक्षमा नाराबाजी गरेपछि भरतपुर–११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको हो।

प्रहरीका अनुसार लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए। लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले त्यसको प्रतिवाद गरेका थिए।

सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो।

स्थगित भएको मदान सुचारु गर्न छलफल भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर