उपनिर्वाचन-२०८०

चितवन-२ मा मतगणना सुरु

चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ। सोमबार दिउँसोबाट मतगणना सुरु भएको हो।

चितवन-२ मा रास्वपाका रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धामा छन्।

चितवन-२ को मतगणना सुरु भएसँगै उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा मतगणना भइरहेको छ।

तनहुँ-१ मा आइतबार रातिदेखि नै मतगणना सुरु भएको थियो भने बारा-२ मा भने सोमबार दिउँसोदेखि नै मतगणना थालिएको हो।

तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले र बारा-२ मा जसपाका उपेन्द्र यादव अगाडि छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर