उपनिर्वाचन-२०८०

बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै, रमेश खरेल चौथो स्थानमा

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।

१३ सय मत गन्दा यादवले ४५८ मत पाएका छन्।

उनका निकटम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ३५८ मत पाएका छन्।

नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेलले ३१८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १६९ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *