अजरबैजान पुर्‍याएर ठगी गरेको आरोपमा एक जना पक्राउ

अजरबैजान पुर्‍याई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। दाङको लमही नगरपालिका-५ बस्ने भीमजंग रसाइली भन्ने २५ वर्षीय भीकुमार सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सुनारले एक जना पीडितबाट वैदेशिक रोजगारीका लागि अजरबैजानको होटलमा मासिक ७ सय डलर तलब हुने कामका लागि पठाइदिन्छु भनी ८ लाख ५० हजार रुपैयाँ लिएका थिए।

सो रकम लिएर अजरबैजान पुर्‍याई ५ महिनासम्म अलपत्र पारी ठगी गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर