कंगाे मिसनमा उत्कृष्ट कार्य गर्ने नेपाली सेनाकी प्युठलाई यूएनकाे सम्मान

प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र संघको स्थायित्व मिसन (मोनुस्को) मा कार्यरत नेपाली सेनाकी प्युठ वसन्ती रम्जालीलाई राष्ट्रसंघले सम्मान गरेको छ।

मार्च २९ मा राष्ट्रसंघीय शान्ति सेना दिवसका दिन उनलाई राष्ट्रसंघीय शान्ति सञ्चालन विभागले ‘दिवसीय शान्ति सेना’ घोषणा गरेको हो।

द्वन्द्व-सम्बन्धित यौन हिंसाको बारेमा चेतना जगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले उनलाई दिवसीय शान्ति सेना घोषणा गरिएको विभागले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *