गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।

बिहीबार प्रदेसभा बैठकमा उनले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन्। विपक्षमा २२ मत परेको छ। राप्रपा तटस्थ बसेको छ।

उनलाई आफ्नै दल कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका थिए।

नेकपा एमालेका २२ सांसले विपक्षमा मत हालेका छन्। राप्रपाका २ सांसद भने तटस्थ बसेका छन्।

पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस-माओवादीको बहुमतको सरकारको पाण्डे मुख्यमन्त्री बनेका हुन्।

वैशाख १४ मा मुख्यमन्त्री नियुक्त भएका पाण्डले १५ गते शपथ लिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर