अमेरिकी राजदूत थम्प्सनले गरे वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण

नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका छन्। राजदूत थम्प्सनले मंगलबार तालिम केन्द्रको अवलोकन गरेका हुन्।

त्यसक्रममा उनले तालिम केन्द्रले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका लागि सञ्चालन गर्ने अन्तर्राष्ट्रियस्तरका तालिमलगायतका प्रशिक्षण कार्यक्रमहरूको बारेमा जानकारी लिएका थिए।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रकारका तालिमहरूको सञ्चालनलगायत उक्त तालिम केन्द्रको स्तरोन्नतिमा संयुक्त राष्ट्रसंघ तथा अन्य मित्रराष्ट्रहरू, जस्तैः संयुक्त राज्य अमेरिकी सरकारबाट समेत सहयोग प्राप्त हुँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *