नेपालबाट ४५२ मेगावाट बिजुली किन्न भारतले थप्यो म्याद

भारतले नेपालबाट आफ्नो मुलुकमा ४५२ मेगावाट विद्युत आयातका लागि म्याद थप गरेको छ।

यस वर्ष १३ जेठबाट भारतमा विद्युत निर्यात गरिरहेको नेपाल विद्युत प्राधिकरणलाई भारतबाट थप म्याद प्राप्त भएको हो।

भारतले नेपालका विभिन्न आयोजनाबाट ४५१.७१२ मेगावाट विद्युत आयात गर्नेछ।

त्रिशूलीबाट २३.२८ मेगावाट, देवीघाटबाट १४४४ मेगावाट, मर्स्याङ्दीबाट ६७ मेगावाट कालीगण्डकी ‘ए’ बाट १४४ मेगावाट, मध्य मर्स्याङ्दीबाट ६८ मेगावाट विद्युत नेपालबाट भारत निर्यात हुनेछ।

यस्तै लिखु-४ बाट ४१ मेगावाट, सोलुखोलाबाट २२.७९५ मेगावट, काबेली बी-१ बाट २४.२५ मेगावाट र लोअर मोदीबाट १९.४ मेगावाट विद्युत भारतले किन्ने समझदारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *