मेयर बालेन बेल्जियम जाँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) यसै महिनाको अन्तमा युरोपियन देश बेल्जियम जाँदैछन् । सरकारले उनलाई बुधबार भ्रमणको स्वीकृति दिएको हो ।

सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रोपोलिस वर्ल्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट-२०२३’ विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका नगरप्रमुख शाहको भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन् ।

यो सम्मेलनमा बालेनजस्तै विश्वभरका मेयर, शहरी विकास विज्ञ र दिगो विकास परियोजनाका लगानीकर्ताहरू भेला भएर विकासका नयाँ मोडलका विषयमा चर्चा गर्नेछन् । कार्यक्रमअन्तर्गत टर्कीका मेयरले त्यहाँको महाविनाशकारी भूकम्प, उद्धार तथा पुनर्निर्माणका विषयमा बोल्नेछन् । यस्तै निजी-सामुदायिक साझेदारीका उत्कृष्ट नमुनाका विषयमा समेत छलफल हुनेछ ।

कार्यक्रमका सहभागीहरूले ब्रसेल्सको शहरी क्षेत्रको भ्रमण तथा त्यहाँको विकास अवधारणाका विषयमा जानकारी लिनेदिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *