चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को प्रिमियर शो

नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को प्रिमियर शो भएको छ । मंगलबार काठमाडौंमा चलचित्रको प्रिमियर शो गरिएको हो ।

जेठ २६ देखि प्रदर्शनको तयारीमा रहेको सोसल कमेडी फिल्म ‘वेलकम टु हेम्जाकोट’ मा बुद्धि तामाङ र विनोद न्यौपानेको शीर्ष भूमिका रहेको छ भने फिल्मले बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथावस्तु पेस गर्छ ।

सरोज पौडेल निर्देशित फिल्मले युवालाई आदर्शवान बन्न सिकाएको छ । फिल्ममा लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कँडेल, स्व. जयनन्द लामाको समेत अभिनय छ ।

प्रमियर शोपछि बोल्दै अभिनेता शोभित बस्नेतले चलचित्र हास्य विधाको भएकाले राम्रो लागेको र हास्न धेरै पाइने खालको फिल्म बनेको बताए । उनले फिल्म हेरुन्जेलसम्म फिल्मको मज्जा लिएर चलचित्र हेर्न सकिने बताए ।

त्यस्तै चलचित्र ‘वेलकम टु हेम्जाकोट’ का अभिनेता विनोद न्यौपानेले नयाँ टिमले गरेको प्रयासबाट कलाकारहरुरू खुसी भएको र आगामी शुक्रबारबाट दर्शकले प्रतिक्रिया दिएपछि फिल्म राम्रो र नराम्रो भन्नेबारे थाहा हुने बताए । उनले फिल्म हेरुन्जेल हासो नरोकिने बताए ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले निर्माण गरेका हुन् । मिलन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन् ।

कविराज गहतराज र गम्भीर विष्टको संयुक्त नृत्य निर्देशन, शाश्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मको गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठले स्वर दिएका छन् । राज सागरले संगीत भरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर