संघीय निजामती सेवा ऐन लेखिसक्यौं, कानून र अर्थ मन्त्रालय पठाएका छौं : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन लेखनको काम सकिएको बताएका छन् । बिहीवार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले मन्त्रालयले संघीय निजामती सेवा ऐन लेखिसकेको बताएका हुन् ।

उनले मन्त्रालयले सरोकारवाला सबै पक्षसँग विभिन्न समयमा छलफल गरी लेखनको काम सकेको जानकारी दिए । उनले ऐनलाई अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाइएको र ति मन्त्रालयहरुबाट सहमती आउन बाँकी रहेको उल्लेख गरे ।

मन्त्री मोदीले तोकिएको क्षेत्रमा नजाने कर्मचारीहरुप्रति कडाइ गर्दै समस्या समाधानमा आफू दत्तचित्त भएर लागेको बताए । उनले स्थानीय तहलाई बेरुजु नियन्त्रणका लागि मन्त्रालयबाट परिपत्र जारी गरेको तथा आगामी बजेटमा जनजाति, मधेशी, दलित, पिछडिएका क्षेत्रका जेहेन्दार विद्यार्थीलाई लोकसेवा निःशुल्क पढाउने व्यवस्था मिलाएको बताए । उनले निजामती अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने र सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको पनि बताए ।

उनले पालिका प्रमुखहरु विदेश भ्रमणमा जाने कुरामा पनि कडाइ गरेको बताए । आफु खुशी विदेश भ्रमणमा जानलाई रोक लगाउँदै परराष्ट्र मन्त्रालयमार्फत सबै प्रक्रिया नपुर्‍याइकन जान नदिएको बताए। सरकारी खर्चमा विदेश भ्रमणमा जान नदिएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *