एकीकृत समाजवादीको चेतावनी- सरकार छोड्नु परे परोस्, यथास्थितिमा बजेट पास हुन दिँदैनौं

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले वर्तमान बजेट असमान र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा पास हुन नदिने बताए।

उनले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०–७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य नहुने चेतापनी दिए।

उनले १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने बजेट आफू र आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताए।

यथास्थितिमा बजेट पास गर्न नदिने र त्यसको सजाय सरकार छोड्नुपर्ने भए पनि पार्टी तयार रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *