वीरगञ्जको नालीमा प्रहरीले भेट्टायो १०२ राउण्ड गोली

पर्साको वीरगञ्जमा नाली सफा गर्ने क्रममा ठूलो संख्यामा गोली भेटिएको छ।

आइतबार बिहान ८:३० बजे वीरगञ्ज महानगरपालिका-१० मा महानगरपालिकाको जेसीबी प्रयोग गरी नाली सफा गर्ने क्रममा विभिन्न प्रकारका १०२ राउण्ड गोली भेटिएको हो।

फोहरमा शंकास्पद प्लास्टिकको झोला फेला परेको सूचनापछि प्रहरी चौकी आदर्शनगरबाट प्रहरी टोली उक्त स्थान पुगेको थियो।

स्थानीय प्रतिनिधिहरूको रोहवरमा उक्त प्लास्टिकको झोला खोलेर हेर्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने गोली फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) निर्मल बुढाथोकीले जानकारी दिए।

प्रहरीका अनुसार हर्नेटको गोली १७ राउण्ड, एसएलआर ४ राउण्ड, ९ एमएम ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, ४५ एमएम ४ राउण्ड गोली फेला परेको छ।

यस्तै फेडरल ८ राउण्ड, विन्चेस्टर ५ राउण्ड, ७.६ ८५४ एमएम ३ राउण्ड, ७ एमएम १ राउण्ड र बिग्रेको खोक ४ राउण्ड भेटिएको हो।

ती गोली कानूनी रीत पुर्‍याएर जिल्ला प्रहरी कार्यालयमा लगी थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *