प्रहरी जवान र हवल्दारको स्वेच्छिक अवकास १६ वर्षे गरिनुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले नेपाल प्रहरीमा जवान र हवल्दारको स्वेच्छिक अवकासलाई १६ वर्षे गरिनुपर्ने बताएका छन्।

यस्तै जुनियर अधिकृतहरूको १८ वर्षे र सिनियर अधिकृतको २० वर्षे गरिनुपर्ने उनले बताए।

प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उनले सो सुुझाव दिएका हुन्।

उनले भने, ‘ प्रहरी जवान र हवल्दारको स्वेच्छिक अवकासलाई १६ वर्षे गरिनुपर्छ। जुनियर अधिकृतहरूको १८ वर्षे र सिनियर अधिकृतको २० वर्षे गरिनुपर्छ। २० वर्षपछि मात्र पेन्सन पाउने व्यवस्था गरिनुपर्छ।’

यस्तै फरक प्रसंगमा उनले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताए। सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा पारेको उनको भनाइ छ।

उनले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहनेभन्दा पनि सरकार टिकाउनमा बढी अलमलिएको आरोप लगाए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणका लागि विशेष समितिको माग गरे। सांसद लामिछानेले तरकारीको विषादी परीक्षण गर्न माग गरे।

बजेटमा संशोधन हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘सत्तारूढ दलका सांसदले नै बजेट ठीक छैन भन्नुभएको छ। तर सरकारमा सहभागी भएका आधारमा पास गर्नुपर्छ भन्ने संस्कार गलत छ, सच्याइयोस्।’

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यान आर्कषण गराउँदै बढ्दो कालोबजारी र खुल्ला सीमामा बढ्दो तस्करी नियन्त्रण गर्नुपर्ने माग गरे।

उनले आर्थिक अवस्थाको वास्तविक मूल्याङ्कनबाट राजस्व प्रक्षेपण गरी संशोधन प्रस्ताव ल्याउन अनुरोध गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *