अपाचे ओनर्स ग्रुप (एओजी) द्वारा मार्सल मिटका साथै एनिभर्सरी राइड सम्पन्न

‘सामूहिक प्रहलद्वारा सबथोक सम्भव छ’ भन्ने भावनालाई बाइकिङ कल्चरमार्फत युवाहरुको मनमा स्थापित गर्ने लक्ष्यका साथ सुरूवात गरिएको अपाचे ओनर्स ग्रुप (एओजी) ले असार ८ गते शुक्रबार मार्सल मिट र असार ९ गते आफ्नो एनिभर्सरी राइड कार्यक्रमहरू भव्यताका साथ सम्पन्न गरेको छ ।

एओजीद्वारा नक्सालस्थित क्राउन प्लाजा होटलमा आयोजित मार्सल मिटमा देशभरबाट १५ जना मार्सलहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा देशभरबाट आएका सबै मार्सललाई हेड मार्सल गौरव कुमार पाठकमार्फत सवारीसम्बन्धी जानकारी र सुरक्षित यात्राका लागि आवश्यक तालिम प्रदान गरेका थिए। तालिमले अपाचे ओनर्स ग्रुपलाई अझ बलियो बनाएको र तालिमप्राप्त मार्सलद्वारा नेतृत्व गरिने भविष्यका राइडहरू थप सुरक्षित र रमाइलो बन्ने निश्चित भएको कम्पनीले जनाएको छ । नेपाली युवाहरूमाझ रहेको बाइकिङप्रतिको प्रेमलाई एओजीमार्फत एक बनाउँदै एकआपसमा भाइचाराको भावनालाई प्रोत्साहन गर्नका निम्ति टीभीएस लामो समयदेखि लागिपरेको छ ।

त्यसैगरी कम्पनीले आन्तरिक पर्यटन प्रवर्द्धनको लक्ष्यका साथ आफ्नो एनिभर्सरी राइड पनि भव्यताका साथ सुसम्पन्न गरेको छ । ७० भन्दा बढी राइडरहरूको सहभागिता रहेको काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको अफिसबाट सुरू भएको उक्त राइड मिनी इलाम, भोटेचौर पुगेर पुनः साँझ काठमाडौंमै फर्किएर समापन गरिएको थियो ।

उक्त कार्यक्रममार्फत केही समयअघि एओजीद्वारा आयोजित मार्क्यु राइडमा सहभागी भेटरान राइडर्स तथा मोटो भ्लगर्स विजय मोक्तान, प्रमोद श्रेष्ठ (गुफी), अवशिस ओझा र सागर थापालाई सम्मान पत्रका साथै मायाको चिनोसहित सम्मान गरेको थियो । साथै समस्त सहभागी राइडरहरूलाई पनि मायाँको चिनो तथा गिफ्ट ह्याम्पर बाँडेको थियो ।

स्थापनाको पहिलो वर्षमै अपाचे ओनर्स ग्रुपले देशभरबाट ३००० भन्दा बढी सदस्यहरू बटुल्न सफल भएको छ र हालसम्म च्याप्टर र मार्शल राइड गरि ४२ वटा राइडहरू सफलतापूर्वक सञ्चालन गरिसकेको छ । त्यसमध्ये चित्लाङसम्मको नाइट राइड र ७००० किलोमिटर लामो अन्तर्राष्ट्रिय राइड पनि रहेको छ।
एओजी बाइकिङ कल्चर प्रवर्द्धननकै निम्ति नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो । कम्पनीले एओजी राइडमा सहभागी राइडर्सको गु्रप च्याट पनि भाइबरमार्फत स्थापना गरेको छ । सो च्याटमा आफ्नो बाइक वा राइडसम्बन्धी कुनै पनि समस्या पर्दा सहजै समाधान प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

बाइकिङबाट समाजिक कार्यमा सहयोग पुर्‍याउने र युवाहरुलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी समूहका रूपमा टीभीएसले अपाचे ओनर्स ग्रुप (एओजी) लाई विगतको एक वर्षदेखि अघि बढाइरहेको छ । स्थापना कालदेखि नै यस ग्रुपले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रमहरूमार्फत युवाहरूको बाइकिङप्रतिको लगावलाई प्रोत्साहन दिँदै सामाजिक कार्यहरूमा पनि संलग्न रहँदै आएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताका कारण नै टीभीएस आज नेपालको सर्वाधिक रूचाइएको टु-ह्विलर ब्राण्डका रूपमा स्थापित हुन कम्पनीको दाबी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर