सुनकाण्डमा ‘भरिया समाउने र मालिक उम्काउने’ खेल हुन सक्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको बताएका छन्।

यसमा भरिया समाउने र मालिक उम्काउने खेल हुन सक्ने भन्दै उनले सबैले सचेत हुनुपर्ने बताए।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

फरक प्रसंगमा उनले सरकारले संसदलाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताए। धेरै कानून निर्माण गर्नुपर्ने संसदले पर्याप्त बिजनेस नपाएको उनको गुनासो थियो।

सभापति लामिछानेले भने, ‘भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ। केही राम्रा सङ्केत पनि देखिएका छन्। तर ती पर्याप्त छैनन्।’

सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उनले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताए।

पार्टीमा धेरै थरीका व्यक्तिको प्रवेश भएको जिकिर गर्दै सभापति लामिछानेले गलत गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताए। ‘गलत कुरालाई पार्टीभित्र प्रवेश गर्न दिँदैनौं,’ उनले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *