नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने, यस्तो छ सहमति

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ। भागबण्डा नमिलेर सरकारमा सहभागी नभएको नागरिक उन्मुक्ति पार्टी भागबण्डा मिलेसँगै सरकारमा जान तयार भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दुई पटकको बैठकपछि नाउपा सरकारमा जान सहमत भएको हो।

सोमबार र मंगलबार गरी दुई पटक बालुवाटारमा प्रधानमन्त्री दाहालसँग मुख्यमन्त्री कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले छलफल गरेका थिए।

रेशम चौधरीका अनुसार कृषिमन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमतिपछि पार्टी सरकारमा जाने भएको हो।

बुधबार पार्टीकाे संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरूको नामावली टुंगो लगाएर बिहीबार सरकारमा सहभागी हुने रेशमले बताए।

साउन ८ गते नै नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने तयारी रहेकोमा भागबण्डा नमिल्दा सरकारमा सहभागी भएको थिएन।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर