सबै भाषा, धर्म र संस्कृतिको संरक्षण राज्यको पहिलो दायित्व हो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै भाषा, धर्म र संस्कृतिको संरक्षण राज्यको पहिलो दायित्व भएको बताएका छन्।

विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘नेपालभित्रका सबै हामी समान छौं। समानताको हकका निम्ति आधारभूत कुरा भनेको अविभेदको आधारमा मात्रै समानताको हक स्थापित हुन सक्छ। ’

संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गरेका उनले संविधानलाई सुधार गर्दै लैजाने, त्यसको सार्थक कार्यान्वयनको माध्यमबाट नेपाली जनताको चाहनालाई पूरा गर्दै लैजाने काम नेपाली कांग्रेसबाहेक अन्य दलले गर्न नसक्ने बताए।

यो संविधान पूर्ण नरहेको बताएका उनले त्यसको सुधारका काम कांग्रेसले मात्रै गर्न सक्ने जिकिर गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर